बालकल्याण हाइस्कुललाई गोल्डेन ढाकाटोपी

पाेखरा | भदौ ४, २०८०

बालकल्याण हाइस्कुललाई गोल्डेन ढाकाटोपी

पोखरा​: गोल्डेन ढाकाटोपी कल्चरल ग्रुप डान्स कम्पिटिसनको तेस्रो संस्करणको उपाधि बाल कल्याण हाइस्कुलले हात पारेको छ ।

 

शुक्रबार पोखरा सभागृहमा भएको ग्रान्ड फिनालेमा अन्य १४ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पारेको हो । बालकल्याण हाइस्कुलले शीर्ष उपाधि गोल्डेन ढाकाटोपीहसहित १ लाख रुपैयाँ हात पारेको प्रतियोगिता संयोजक अमन तामाङले जानकारी दिए ।

 

मिरर किङ इन्टरटेन्मेन्ट र बिटुडी डान्स स्कुलले गर्र्दै आएको प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेशका १५ विद्यालय प्रतिस्पर्धामा थिए । प्रतियोगितामा सोसल पब्लिक स्कुलले दोस्रो स्थान ल्याएको थियो । दोस्रो भएको सोसल स्कुलले ट्रफीसहित ७५ हजार रुपैयाँ हात पारेको छ ।

 

त्यस्तै, प्रतियोगितामा तेस्रो स्थान बनाएको बेसलाइन एकेडेमीले ट्रफीसहित ५० हजार रुपैयाँ जितेको छ । तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय अन्तर विद्यालय सामूहिक नृत्य प्रतियोगितामा कास्की मोर्डनाइज्ड स्कुल र भाष्कर मेमोरियल स्कुल क्रमशः चौंथो र पाचौं स्थान ल्याए ।

 

उनीहरुले ट्रफीसहित क्रमशः ३० हजार रुपैयाँ २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा छैठौं स्थान ल्याएको सबलाइम इंग्लिस स्कुलले १० हजार रूपैयाँ प्राप्त गरेको थियो । प्रतियोगिता संयोजक तामाङले कास्की मोर्डनाइज्ड स्कुललका युवराज गुरुङले उत्कृष्ट नृत्य निर्देशकको उपाधि जितेको जानकारी दिए ।

 

‘बेस्ट कोरियोग्राफरले गोल्डेन ट्रफीसहित १५ हजार रुपैयाँ जित्नुभयो,’ उनले भने । समूह चरणको अडिसनबाट सेमिफाइनमा प्रवेश गरेका २४ स्कुलबाट फाइनलमा १५ स्कुल पुगेका हुन् ।

 

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए ।प्रतियोगितालाई गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान तथा अन्य निजी संघसंस्थाले सहयोग गरेका थिए ।
 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्